बोलेरो पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८३, मंगलबार

बोलेरो पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना वेपत्ता

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित बागमती सिंचाई आयोजनाको नहरमा बोलेरो पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

काँटघाटस्थित शहजनाथ महादेव मन्दिरमा जल चढाउँनका लागि नुनथरस्थित वागमती नदीबाट जल लिएर फर्किदै गरेको ना.५.च.३१६६ नम्वरको बोलेरो जिप अनियन्त्रित भई वागमती सिंचाई आयोजनाको पश्चिमी नहरको ५० फिट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य १८ जनालाई घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको चन्द्रनिगाहपुर हस्पिटलमा उपचार भैरहेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका बस्ने ४५ वर्षिया मिना देवी कोइरी रहेको र बाराको बोधवनका ६५ वर्षीय सुनरी देवी मुखिया वेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायाव उपरिक्षक लिलाराज लामिछाने जानकारी दिए ।

Leave a Reply