२४ घण्टामा १६ सय ७८ संक्रमणमुक्त, २९ सय ७७ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

२४ घण्टामा १६ सय ७८ संक्रमणमुक्त, २९ सय ७७ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७८ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३ सय ६८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७७ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ६ सय ९८ पीसीआर परीक्षणबाट १ हजार ९ सय ८२ र ३ हजार ६ सय १० एन्टिजेन परीक्षणबाट ९ सय ९५ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १८ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ६ सय ८९ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

ताजा समाचार