उदयपुरमा खुकुरी प्रहार बाट एकजनाको हत्या | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

उदयपुरमा खुकुरी प्रहार बाट एकजनाको हत्या

mahila ko mirtu

उदयपुर । उदयपुर त्रियुगा नगरपालीकामा आज बिहान खुकुरी प्रहार गरी एकजनाको हत्या गर्ने व्यक्ति पक्राउ परेको छ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालीका १३ पोर्ताहाका ४५ बर्षिय मेमोरी भन्ने किसन सदा रहेका छन्। उदयपुर त्रियुगा नगरपालीकामा ८ उत्राईटोल निवासी ६५ बर्षिय महिकर चौधरीको घरमा काम गर्ने मेमोरी भन्ने किसन सदाले आज बिहान सामान्य बिवादको कारण खुकुरी प्रहार गर्दा चौधरीको घट्नास्थलमै मृत्यु भएको हो।

खुकुरी प्रहार गर्ने मेमोरी भन्ने किसन सदा लाई खुकुरी सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार