ग्राभेल निकालेको खाल्डोमा डुबेर मजदुरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

ग्राभेल निकालेको खाल्डोमा डुबेर मजदुरको मृत्यु

dead

सर्लाही । सर्लाही लालबन्दी नगरपालिका( १५ स्थित ग्राभेल निकालेको खाल्डो डुबेर एक पुरुषको मृत्यु भएको छ ।

बिहीवार बिहान सर्लाही बागमती नगरपालिका(३घर भई हाल लालबन्दी ज्याला मजदुरी गर्दै आएका ५० बर्षका बिर बहादुर वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ ।

चौरीमा पहिला देखी ग्राभेल निकालिएको ७र८ फिट गहिरो खाल्डो डुबेको अवस्थामा वाइवाको मृत शरीर देखिए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्ररम्भिक अनुसन्धान गरी शबलाई जिल्ला अस्पताल मलंगवामा पोस्टमार्टमका पठाइएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिए ।

जिल्लामा विकासको लागि ठेक्क्दारहरु जथाभावी रुपमा खाल्डो बनाएर अलपत्र छोड्दा डुबेर मृत्यु हुने घटना बढ्दो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);