कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार मसान्त भित्र सम्पूर्ण काम सकाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार मसान्त भित्र सम्पूर्ण काम सकाउने

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार मसान्त भित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी काममा तिब्रता दिएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिए संगै क्रियाशील सदस्य छानविन समितिलाई समय मै काम सम्पन्न गर्ने दबाव बढेको छ । देशैभरीका स्थानीय पालिकाको वडा वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुंगो लगाउन समस्या परेको थियो ।

पुराना सदस्यहरुको क्रियाशील सदस्यको नवीकरणमा समस्या नभएपनि नयाँ सदस्य र विभिन्न पार्टीहरु एकीकरण भई समायोजनमा आएकाहरुमा विवाद देखिएको छ । क्रियाशील सदस्यको सूची प्रमाणित गरेर वडा, गाउँपालिका नगरपालिका प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमिति हँुदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ ।

छानविन समितिका सदस्य एंव केन्द्रीय सदस्य श्याम प्रसाद घिमिरेले प्राप्त विवरणहरुलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समायमा छानविन गरी विवरण सभापतिलाई बुझाउन सकिने बताए । प्राविधिक कामको चापलाई घटाउने काम गर्दै काम भईरहेको पनि उनले जानकारी दिए । समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानविन गरी टुंगो लगाउने समिति सदस्य घिमिरेले बताए ।

नेपाली कांग्रेसको क्रियाशील सदस्य करिव ९ लाख पुग्ने अनुमान गरिएको छ । नेपाली कांग्रेसको संगठनमा क्रियाशील सदस्यलाई सक्रिय कार्यकर्ता मानिन्छ । छानविन समितिलाई प्राप्त भएको नामावली विवरण हेर्दा युवाहरुको ठूलो हिस्सा कांग्रेसमा रहेको समिति सदस्य घिमिरेले बताए ।

प्राप्त विवरणमा ३० देखि ५० वर्षको उमेर समूहका सबैभन्दा बढी ४० प्रतिशत रहेको पाईएको समिति सदस्य घिमिरेले जानकारी दिए । कांग्रेसमा नेतृत्व विकास क्रमशः युवा पुस्तामा सर्दै गएको क्रियाशील सदस्यहरुको विवरणले देखाएको घिमिरेले बताए ।

कांग्रेसको महाधिवेशन आगामी भदौ २३ गते भित्र अनिवार्य रुपमा गरिसक्नुपर्ने छ । यसैमा महाधिवेशन तयारीका कामहरु पनि भइरहेका छन् । नेपाली कांग्रेसमा क्रियाशील सदस्यहरुले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छानेर पठाउने छन् भने केन्द्रीय समितिका सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । कांंग्रेसको १४ औ महाधिवेशन आगामी भदौ १६ देखि १९ गते सम्म काठमाडौमा हुनेछ । कांग्रेसको १३ औ महाधिवेशन २०७२ फागुनमा काठमाडौमा भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);