उत्तर कोरियाका नेता किम उनद्वारा कोरोना सम्बन्धी कमी कमजोरीका कारण मुलुक गम्भीर संकटमा परेको स्विकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

उत्तर कोरियाका नेता किम उनद्वारा कोरोना सम्बन्धी कमी कमजोरीका कारण मुलुक गम्भीर संकटमा परेको स्विकार

एजेन्सी । उत्तर कोरियाका नेता किम जोड. उनले कोरोना सम्बन्धी कमी कमजोरीका कारण मुलुक गम्भीर संकटमा परेको बताएका छन । नेता किमले कोरोनाका मामिलामा उच्च अधिकारीहरुले बेवास्ता गरेकै कारण उत्तर कोरिया भोकमरी र आर्थिक संकटको चपेटामा परेको बताएका हुन ।

वरिष्ठ नेताहरुको विशेष बैठकमा नेता किमले कोरोना सम्बन्धी कमी कमजोरीका लागि बरिष्ठ अधिकारीहरुलाई जिम्मेवार ठह¥याएका छन । यसअघि उत्तर कोरियामा कोनाको असर नपरेको दावी गर्दै आएका नेता किमले अहिले भने कोरोना संकट स्विकारेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

नेता किमले यसअघि नै पहिले नै देशमा खाद्यान्न संकट रहेको बताइसकेका छन । किमका अनुसार कोरोना खर खाद्य संकटकै कारण देशबासी र राष्ट्रको सुरक्षालाई ठूलो जोखिममा पु¥याएको र यसबाट गम्भीर परिणामको सामना गर्ने अवस्था आइलागेको छ ।

नेता किमले धेरै अधिकारीहरुलाइ कारबाही गरिसकेका बताइएको छ । पार्टीका स्थायी कमिटीका एक सदस्यसहित धेरै उच्च अधिकारीहरुलाई जिम्मेवारीबाट हटाइएको छ । उनीहरुको परिचय भने खुलाइएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);