सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनर्बहाली भएका चार सांसद अनुपस्थित हुने भएका छन् ।
कर्णाली प्रदेशमा पुनर्बहाली भएका चार सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा अनुपस्थित हुने भएका हुन् ।
उनीहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भईसकेपछि मात्रै बैठकमा उपस्थित हुने विषयमा छलफल गर्ने बताएका छन् ।
गएको बैशाखमा एमालेका यी चार सांसदहरुले फ्लोर क्रस गरेर कर्णाली मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका थिए । सो पछि कर्णाली प्रदेश एमाले संसदीय दलले ती सांसदहरुलाई कारबाही गरी सांसद पद खोसेको थियो । तर सर्वोच्चले उनीहरुलाई पुनर्बहाली गरेको हो ।
सर्वोच्चले पुनर्बहाली गरेपछि आज बस्न लागेको संसदीय दलको बैठकमा उपस्थित हुन आग्रह गरेपनि चारै सांसदले अनुपस्थित हुने जनाएका हुन् ।
यी चार सांसद अनुपस्थित हुने भएपछि आज बिहान ८ बजे बोलाइएको बैठक अझै बस्न सकेको छैन ।




