गण्डकीको नयाँ सरकारमा विपक्षी गठबन्धनद्वारा बहुमतसहित दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

गण्डकीको नयाँ सरकारमा विपक्षी गठबन्धनद्वारा बहुमतसहित दाबी

कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमतको आधारमा दाबी पेश गर्न विपक्षी गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष पुगेका छन् । विपक्षी गठबन्धनको सरकार गठनको दाबी पेशका लागि ३१ सांसद प्रदेश प्रमुखसमक्ष पुगेका हुन् ।

यो गठबन्धनले नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र बहुमतको आधारमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै विपक्षी गठबन्धनले सरकार गठनका लागि दाबी पेश गर्न पुगेको हो ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभाका कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) यस गठबन्धनमा सामेल रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);