चिनियाँ कम्युनिष्ट पार्टीले पठाएको स्वास्थ्य सामाग्री एमालेद्वारा सरकारलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चिनियाँ कम्युनिष्ट पार्टीले पठाएको स्वास्थ्य सामाग्री एमालेद्वारा सरकारलाई हस्तान्तरण

काठमाडौं । नेकपा एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले पठाएको स्वास्थ्य सामाग्रीे सरकारलाई हस्तान्तरण गरेको छ ।

नेकपा एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले कोभिड–१९ नियन्त्रण र रोकथामको लागि सद्भावस्वरुप पठाएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीबाट पाएको हाइड्रोजन अक्सिजन नेबुलाइजर ३० थान र एन ९५ मास्क एक लाख थान स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै महासचिव पोखरेलले कोरोना भाइरसलाई लिएर कुनै राजनीति गर्ने विषय नभएको र यसलाई साझा समस्या ठानेर समाधान गर्न सबै एकतावद्ध हुनुपर्ने बताए ।

सोही उद्देश्यलाई ध्यानमा राखेर राज्यको आधिकारिक निकायलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनको भनाई छ । मन्त्रालयमार्फत् आवश्यक ठाउँमा स्वास्थ्य सामग्री उपलब्ध गराइने विश्वास उनले व्यक्त गरे ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले प्राप्त स्वास्थ्य सामग्री सरकारले प्राप्त सामग्रीको रुपमा दर्ता गर्दै सरकारको मापदण्डभित्र रहेर आवश्यक ठाउँमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री तामाङले कोरोना विरुद्धको खोप सबै नागरिकलाई पु¥याउनको निम्ति सरकार प्रयासरत रहेको दोहो¥याए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);