प्रदेश १ को प्रदेशसभा बैठक जेठ २४ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

प्रदेश १ को प्रदेशसभा बैठक जेठ २४ गते बस्ने

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आगामी जेठ २४ गते बस्ने भएको छ ।

प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले आगामी जेठ २४ गते दिउँसो २ बजे बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले आगामी असार १ गते प्रदेशको बजेट ल्याउनु पर्ने संविधानको बाध्यात्मक अवस्था अनुसार प्रदेश सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरिएको बताए ।

सरकारले बजेट अधिवेशन आह्वान नगरेको भन्दै विपक्षी दलले विरोध गर्दै आएका थिए ।

Leave a Reply

ताजा समाचार