कास्कीका ४४५ सहित गण्डकीमा थप १७३३ जनामा संक्रमण, थप १७ जनाको निधन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

कास्कीका ४४५ सहित गण्डकीमा थप १७३३ जनामा संक्रमण, थप १७ जनाको निधन

पोखरा । आज गण्डकी प्रदेशमा १ हजार ७३३ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका रहेका छन् । जसमा कास्कीका ४४५ जना, तनहुँका १७० जना, गोरखाका २१९ जना, लमजुङका ६५ जना, नवलपुरका १११ जना र स्याङ्गजाका ९५ जना , पर्वतका ११९ जना, बाग्लुङका ४१६ जना र म्याग्दी जिल्लाका ९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयक निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन्।।योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३९ हजार ६८७ पुगेको छ भने जसमा ११ हजार २६७ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा गण्डकीबाट १ हजार १८८ कोरोनामुक्त भएका छन् ।

योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २७ हजार ८२६ पुगेको छ। आज गण्डकीमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा कास्कीका ६ जना, तनहुँका १ जना, नवलपरासीका ३ जना, स्याङ्गजाका जना, पर्वतक जना र म्याग्दीका १ जना छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५९४ पुगेको निर्देशक शर्माले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);