पूर्व अर्थमन्त्री र आयोगका पूर्व उपाध्यक्षहरुको सयुक्त निश्कर्ष : अध्यादेशमार्फत बजेट नल्याउन सरकारलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पूर्व अर्थमन्त्री र आयोगका पूर्व उपाध्यक्षहरुको सयुक्त निश्कर्ष : अध्यादेशमार्फत बजेट नल्याउन सरकारलाई आग्रह

काठमाडौँ। पूर्व अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुले सरकार संसद् विहीन भएको अवस्थामा अध्यादेशमार्फत बजेट नल्यान सरकारलाई संयुक्त आग्रह गरेका हुन् । पूर्व अर्थमन्त्रीहरु र पूर्व उपाध्यक्षहरुले भिन्दा भिन्दै छलफल मार्फत संसद् विहीन भएको अवस्थामा अध्यादेशमार्फत बजेट नल्याउन सरकारलाई आग्रह गरेका हुन् ।

‘पूर्वअर्थमन्त्री मञ्चको बैठक आगामी आर्थिक वर्ष ०७८र७९ को बजेट एवंम कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा केन्द्रित रहेको थियो।मञ्चले ‘हाल बहुमतको सरकार नरहेको र कामचलाउ सरकार रहेका अवस्थामा सरकारले अध्यादेशबाट बजेट ल्यान नपाइने भन्दै तत्काल बजेट नल्याउन सरकारलाइ आग्रह गरेको हो।

त्यस्तै आयोगका पूर्व उपाध्यक्षहरुले भने अहिले संवैधानिक संकटको परिस्थीति रहेकाले बजेट नलयाउने धारणा पेश गरेका हुन्। ‘संविधानको धारा ११९ ले जेठ १५ मै बजेट पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको भएता पनि सरकारले प्रतिनिधीसभा विघटन गरेपछि मुलुकमा अर्को संवैधानिक संकट र अन्योलता उत्पन्न भएको निश्कर्ष निकालेको छ ।

सरकारले केहि समय अघि गरेको संसद् भङ्ग गरेसंगै देश संसद् विहीन अवस्थामा रहेको भन्दै जेठ १५ मै बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था नभएको निश्कर्ष निकालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);