दाङ । कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि बेस नेपाल संस्था तुलसीपुरले घुम्ती शिबिर सुरु गरेको छ । डाक्टर राजीब झा को नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोली गाउँ– गाउँमा बिहिवार देखि खटिएको बेस नेपालका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका १२ टरिगैमा घुम्ती शिबिरको उद्घाटन गर्नुहुदै पूर्र्वराज्यमन्त्री एवम लुम्बिनी प्रदेश सभासदस्य डिल्ली बहादुर चौधरीले कोरोनाको भय त्रास र समुदायको लाजका कारण संक्रमनलाई लुकाएर राखेका ब्यक्ती र परिवारलाई घुम्ती शिबिरमा खटीएका स्वास्थकर्मीले मनोपरामर्श पनि दिन र प्रारम्भिक उपचार गर्ने बताए ।
उनले स्थानीय सरकारलाई यो अवस्थामा हरेक क्षेत्रबाट सहयोगको खाँचो रहेको भन्र्द स्थानीय सरकारसंग समन्वयमा घुम्ती स्वास्थ शिबिर गाउँमा खटाइएको समेत बताए । स्वास्थकर्मी टोलीको नेतृत्व गर्नुभएका डाक्टर राजीब झाले गाउँ बस्तीमा कोरोना पीडित ब्यक्तीले पिसिआर परीक्षण नगराउने र संक्रमण लुकाएर राख्दा झनै संक्रमणको भयाबह स्थिती आउने उहाँले बताए ।
उनले भने, ‘ ज्वरो नाप्ने थर्मल गन,अक्सिजनको मात्रा चेक गर्ने अक्सो मिटर प्रयोग गर्ने र अवस्थाको बिश्लेषन गरि आवश्यक औषधि निशुल्क रुपमा उपलब्ध गराइने छ । ’ कोरोना संक्रमितको लक्षण देखिएका र आशंका लागेका लाई पिसिआर परीक्षणको लागि परामर्श दिइने उनले बताए । डाक्टर झाका अनुसार बिहीबार पहिलो दिन २५ जनाको स्वास्थ जाँच गरिएको छ ।