सोमबार शेयर बजारमा ९ अर्ब बढीको कारोबार | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

सोमबार शेयर बजारमा ९ अर्ब बढीको कारोबार

काठमाडौं । सोमबार शेयर बजारमा पनि ९ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आइतबार १० अर्ब माथिको सेयर कारोबार भएकोमा सोमबार पनि ९ अर्ब ५७ करोड रुपैयाँ माथि कारोबार रकम पुगेको छ ।

आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक सोमबार २० दशमलव ७ अंकले उकालो लागेको छ । नेप्से परिसूचक दुई दिन लगातार दोहोरो अंकले बढेर २ हजार ७ सय ५९ दशमलव २१ अंकमा पुगेको छ । सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य सोमबार बढेको छ । आईपीओ सूचीकृत भएसँगै लगातार बढिरहेको रुरु जलविद्यतु कम्पनीको सेयर मूल्यमा सोमबार पनि सकारात्मक सर्किट लागेर प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ । स

मता घरेलु लघुवित्त तथा राधी जलविद्युतसहित ११ कम्पनीको सेयर मूल्य सोमबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);