अक्सिजन सिलिण्डर संकलन गर्दै बागमती प्रदेश प्रहरी | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

अक्सिजन सिलिण्डर संकलन गर्दै बागमती प्रदेश प्रहरी

मकवानपुर । बागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा नागरिकको ज्यान जोखिममा परिरहेको अवस्था प्रति संवेदनशील भै अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरिएको छ ।

संकलन गरिएको अक्सिजन सिलिण्डरहरु जिल्लाको डीसीएमसीको निर्णय अनुसार आवश्यकताको आधारमा विभिन्न अस्पताल, आईसोलेशन सेन्टरहरुमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सिलवालले बताए । उनले लकडाउन भएपश्चात सुरु गरिएको यो अभियानमा उद्योगधन्दा, क्रसर, वर्कसप, ग्यारेज सञ्चालकहरुले स्वःस्र्फुत सहयोग गरिएको बताए ।

मकवानपुर सहित प्रदेशका अन्य जिल्लाहरुमा बढ्दो कोभिड–१९ को संक्रमणसंगै संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युवरण गर्नुपरेको घटनाहरु बढ्दै गईरहेकाले अभियान संचालन गरिएको सिलवालले बताए ।

बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा व्यक्तिहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गर्दा शुक्रबारसम्ममा १ सय २९ थान भरिएका र ५ सय ४१ थान खाली गरी ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरी निरिक्षक सिलवालले बताए ।

संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न व्यवस्थापन गरिएको छ भने जस मध्ये कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाडौंलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराईएको छ ।

त्यसैगरी, स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिण्डर वितरण गरिएको जनाइएको छ ।

प्रहरीले अक्सिजनका सिलिण्डरहरु संकलन गर्ने कार्यलाई अझै तिब्रताका साथ अघि बढाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);