राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार थापा | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८१, सोमबार

राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार थापा

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ ।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले गृहमन्त्री थापालाई उम्मेदवार बनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

गृहमन्त्री बादल उम्मेदवारी मनोनयन दर्ता गर्न वाग्मती प्रदेश राजधानी हेटौंडा पुगिसकेका उनले जानकारी दिए ।

मनोनयन दर्ता गर्न गृहमन्त्री बादल सहित एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानुनविज्ञ बाबुराम दाहाल सहित हेटौंडा पुगेको थापाले बताए ।

गृहमन्त्री थापालाई माओवादी केन्द्रले सांसद् पदबाट निकाले पछि खाली भएको राष्ट्रिय सभा सदस्यको लागि जेठ ६ गते निर्वाचन हुँदै छ ।

सो पदका लागि एमाले बाहेकको गठबन्धको तर्फबाट खिमलाल देवकोटाले उम्मेवदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ताको समय आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मको लागि तोकिएको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);