काडमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता शर्माले सोमबार बिहान ट्विीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
ज्वरो तथा जीउ दुख्ने समस्या बढेपछि आइतबार स्वाब परीक्षण गराएका शर्माको आज बिहान रिपोर्ट पोजिटिभ आएको हो । उनी हाल डा. अनुप बास्तोलाको परामर्श लिएर होम आईसोलेसनमा बसेका छन् ।
उनले ट्विीटमा लेखेका छन्–‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।’ प्रवक्ता शर्माले सबैलाई सजग रहन समेत आग्रह गरेका छन् ।