काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य २ सय रुपैँयाले बढेर ९२ हजार २ सय निर्धारण गरिएको छ ।
यस अघि बुधबार सुन प्रतितोलाको ९२ हजारमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि २५ रुपैँयाले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ३५ निर्धारण गरिएको छ ।
बुधबार चाँदी एक हजार ३ सय १० रुपैँयामा कारोबार भएको थियो ।