अध्यागमन विभागद्धारा सूरिया हेल्थ केयरमा छापा , १३६ जना विमानस्थलबाट फर्काइए | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

अध्यागमन विभागद्धारा सूरिया हेल्थ केयरमा छापा , १३६ जना विमानस्थलबाट फर्काइए

काठमाडौं । अध्यागमन विभागले नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा १३६ जनालाई विमानस्थलबाट फर्काएको छ।

बुधबार विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काइएको अध्यागमन विभागकले जनाएको छ ।

विभागले फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको बताइएको छ । सूरिया हेल्थ केयरमा बनाइएको पिसिआर रिपोर्ट देखिएपछि नक्कली भएको आशंकामा विभागले फर्काएको हो ।

सूरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सूरिया हेल्थ केयरमा छापा मारिएको थियो ।

फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेको विभागको भनाई रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);