बिद्युत सर्ट भएर आगलागी हुँदा साढे ७ लाख बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

बिद्युत सर्ट भएर आगलागी हुँदा साढे ७ लाख बराबरको क्षति

aagolagi

सर्लाही । बिद्युत सर्ट भएर आगलागी हुँदा मंगलबार बिहान सर्लाहीमा दुई घर जलेर नष्ट भएका छन् । सो आगलागीबाट अन्दाजी ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार बरहथवा नगरपालिका वडा न–१० सितापुर स्थित राम स्नेही रायको दुईतल्ले पक्की घरमा बिद्युत सर्ट भएर आगलागी भएको हो ।

मंगलबार बिहान करिब १ बजेतिर आचानक बिद्युत सर्ट भएर आगलागी हुँदा घरको आधा भाग र घरभित्र रहेका लत्ताकपडा ,अन्नपात तथा काठहरु सबै नष्ट भएका छन् ।

Leave a Reply

ताजा समाचार