हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, २९ चैत। बाख्रा चराउन गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। हात्तीको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका बडा नं १ निवासी ६० बर्षीया भुन्टी बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता हेम बहादुर शाहीले बताए।

करिब १ बजे तिर बाख्रा चराउन गएकी बोहोरा नजिकै रहेको सामुदायिक वनबाट आएको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको शाहिले जाकारी दिए। पछिल्लो समयमा बर्दियामा जंगली जनावरको आक्रमण बढ्दो रहेको छ।

Leave a Reply