बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा झडप हुँदा १९ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा झडप हुँदा १९ जना घाइते

भक्तपुर, २९ चैत । भक्तपुरमा शनिबारदेखि सुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा झडप हुँदा १९ जना घाइते भएका छन् । आठ रात ९ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा झडप भएको हो ।

राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएको विभिन्न अस्पतालमा उपचार भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । शनिवार दिउँसो ४ बजेदेखि रथ तान्न सुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भक्तपुर नगरपालिका १० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय दिपेश साँगाछें घाइते भएका छन् ।

अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरीले बताएको छ । झडपपछि स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेरे गःहिटी पु¥याइएको छ ।

यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसो जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);