सिरहामा रथबाट लडेर एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सिरहामा रथबाट लडेर एक बालकको मृत्यु

death body

सिरहा । रथबाट लडेर सिरहामा एक बालकको मृत्यु भएको छ । सिरहा नगरपालिका–१२ सारस्वरका मोहम्मद इस्लाम राइनका १० वर्षीय छोरा १० जाहिद राइनको बुधबार बेलुका रथबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार रथबाट लडेलगत्तै रथको पाङ्ग्राले किचेको थियो । घाइते राइनलाई तत्काल जिल्ला अस्पताल सिरहामा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी सुवास बुढाथोकीले जानाएको छ ।  प्रहरीले रथ नियन्त्रणमा लिए पनि चालक फरार रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);