जिम्बावेविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृखंलाअफगानिस्तानलाई | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

जिम्बावेविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृखंलाअफगानिस्तानलाई

एजेन्सी, ७ चैत। अफगानिस्तानले जिम्बावेविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ ।

संयुक्त अरब इमिरेट्सको आबुधाबीमा दोस्रो टी–ट्वान्टीमा जिम्बावेलाई ४५ रनले हराउँदै अफगानिस्तानले एक खेल अगाबै श्रृखंला २–० ले जितेको हो ।

अफगानिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको जिम्बावे १७ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो । जिम्बावेका लागि रायन ब्रुलले ४० र डोनाल्ड त्रिपानोले २४ रन बनाए अफगानिस्तानका राशिद खानले ३ तथा मोहमद नाभी र नविन उल हकले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । अफगानिस्तानका करिम जनतले ५३ उश्मान घानीले ४९ र मोहमद नाबीले ४० रन बनाए । जिम्बावेका मुजाराबानीले २ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);