कञ्चनपुर, ४ चैत । कञ्चनपुरमा वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका –५ बस्ने ७७ वर्षिया मन्दिरा देवी पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वीङ्गरको पछाडीको बाँया तर्फको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा धनगढी स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर वीङ्गरमा सवार अन्य ६ जना घाइते भएका छन् । उनीहरुको अत्तरिया स्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।