काठमाडौं, १९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा दुर्ई कित्तामा विभाजन भएसँगै आधिकारीक नेकपा कुन हो भन्ने अन्योल देखिएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा नै आधिकारीक भएको बताउँदै आउनुभएको छ भने दाहाल–नेपाल पक्षले पनि आफूहरुले नेकपाको आधिकारीकता र सूर्य चिन्ह छिट्टै पाउने दिएको छ ।
तर पार्टीको विवाद समाधान गर्ने संवैधानिक अख्तियारी पाएको निर्वाचन आयोग भने अहिले पनि नेकपा विवाद सम्बन्धि मुद्दा अध्ययनकै क्रममा रहेको बताइरहेको छ ।