नालामा डुबेर एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

नालामा डुबेर एक बालकको मृत्यु

death

राजिव साह
सर्लाही, ३० माघ ।
सर्लाहीको पर्सा गाउँपालिकामा नालामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा गापा वडा न-५ निवासी ब्रह्मदेव साहका ३ वर्षीय छोरा हिमान्सु साह रहेको प्रहरीले जनाएको छ ।

आफ्नै घर अगाडी खेलिरहेको क्रममा हराएको बालकको खोजी गर्दै जाँदा आफ्नै घर अगाडीको नालामा मृत अवस्थामा फेला परेको बालकको मृतक अवस्थामा फेला परेको जिप्रका सर्लाहीका प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा अनुसंधान भइरहेको प्रवक्ता कुवँरले बताएको छ । गत शुक्रबार सदरमुकाम मलङ्वामा पनि नालामा डुबेर एक जना बालकको मृत्युु भएको थियो ।

Leave a Reply