एजेन्सी, २० असोज । संयुक्त राष्ट्र सघंले यमनमा भएको बाल आतंकको प्रमुख कारण साउदी अरबीया रहेको आरोप लगाएको छ ।
यमनमा बालबालिकाको मृत्युको सिकार बन्नु र घाइते हुनुको प्रमुख कारण रहेको भन्दै साउदी अरबियालाई संयुक्त राष्ट्र संघले कालो सुचीमा समेत राखेको सीएनएनले जनाएको छ ।
संयुक्त राष्ट्र सघंको सुरक्षा परिषदले बिहीबार एक विज्ञप्ति निकाल्दै साउदी अरबीयाले गठबन्धितरुपमा चालेको सैन्य कार्वाहीमा परि ५०२ एमनी बालबालिका मृत्यु भएको र ८३८जना गम्बीर घाइते भएको जनाएको छ ।
२०१६मा अरबियाको गठबन्धित समुहले ३८ वटा स्कुल र ५२ वटा अस्पतालमा आक्रमण गरेको युएनको दाबी रहेको छ ।
सो समुहबाहेक आइएस आइएस र अलकाइदालाई समेत घटनामा संलग्न रहेको युएनले बताएको छ ।