अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारस्थित सैन्य शिविरमा आत्मघाती बम आक्रमण | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८३, शनिबार

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारस्थित सैन्य शिविरमा आत्मघाती बम आक्रमण

एजेन्सी, १८ माघ । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारस्थित सैन्य शिविरमा आत्मघाती बम आक्रमणमा परेर ८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।तालिवान लडाकू समूहले विस्फोटक पदार्थले भरिएको गाडी शिविरभित्र पुगेर आत्मघाती बम विस्फोट गराउदा सुरक्षाकर्मीको मृत्यु भएको हो ।

सैन्य शिविरमा भएको आक्रमणको नान्गाहारका गभर्नरले विज्ञप्तिमार्फत पुष्टि गरेका छन् । घटनाको जिम्मा तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले लिएका छन् । यस प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले विभिन्न समयमा सरकारी सेना लक्षित आक्रमणहरु गर्दै आएको छ ।

तालिवान र अफगान सरकारबीच युद्ध रोक्ने विषयमा गत वर्ष सेप्टेम्बरमा सुरु भएको शान्ति वार्ता अझै पनि निष्कर्षमा पुग्न सकेको छैन ।

Leave a Reply

ताजा समाचार