गण्डकीमा पनि कोरोना विरुद्धको खोप अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

गण्डकीमा पनि कोरोना विरुद्धको खोप अभियान सुरु

पोखरा , १४ माघ । गण्डकी प्रदेशमा ३९ हजार १ सय ३९ जनालाई लगाउने गरी बुधबार कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सुरु गरिएको छ ।

प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले अभियानको शुभारम्भ गर्नु भएको थियो। पोखरामा रहेको मनिपाल शिक्षण अस्पतालमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको स्वास्थ्य निदेशनालयले जानकारी दिएको छ ।

खोप लगाई सके पछि सुई लगाएको ठाउँमा दुख्ने ,सुनिन्ने ,रातो हुने , टाउको दुखने जस्तो सामान्य असर देखिएमा नआतिन पनि निर्देशनालयले आग्रह गरेको छ। गर्भवती , सुत्केरी भएकाहरुलाई खोपको प्रयोग नगर्न र नगर्नु हुन सल्लाह दिएको छ ।

पहिलो चरणको खोप सुरुमा सुरक्षामा खटिनेलाई प्राथमिकता दिने निर्देशनालयले जनाएको छ ।

Leave a Reply