एजेन्सी, १३ माघ । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले सहज जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा बिल्बाओले गेटाफेलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो मिनेटमै मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए । तर, खेलको १२ औं मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काए ।
खेलको ५० औं मिनेटमा यारे अल्भारेजले गोल गर्दै बिल्बाओलाई २–१ को अग्रता दिलाए । गार्सियाले खेलको ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बिल्बाओ ३–१ ले अघि रह्यो ।
त्यस्तै खेलको ७५ औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै घरेलु टोलीलाई ४–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा ओस्कर डि मार्काेसले गोल गर्दा बिल्बाओ ५–१ ले विजयी भयो ।
जितसंगै बिल्बाओ २४ अंक जोड्दै लिगको नवौं स्थानमा उक्लिएको छ । भने पराजित गेटाफे २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।




