झापा, ६ पुष । झापाको बाह्रदशी गाउँपालिकामा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी–५ का ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बु छन् ।
आज बिहान ९ बजे कुटमेरोको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका लिम्बुको विर्तामोड स्थित बि.एण्ड.सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।