बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपियन युनियनका पदाधिकारीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपियन युनियनका पदाधिकारीबीच भेटवार्ता

एजेन्सी, २५ मंसिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपियन युनियनका पदाधिकारीसँग भेटवार्ता भएको छ । ब्रेक्जिट व्यापारका विषयलाई लिएर प्रधानमन्त्री जोनसन र युरोपियन युनियनका प्रमुख उर्सुला भोन डेर ल्येनबीच भेटवार्ता भएको हो ।

बेलायतलाई बे्रक्जिटबारे सहमति गर्नैपर्ने दवाव रहेको बेला दुवै नेताबीच लामो अनौपचारिक छलफल पछि औपचारिक भेटवार्ता भएको बीबीसीले जनाएको छ । दुवै नेताबीच भएको भेटवार्तामा कुनै ठोस सहमति नभएपनि समयसीमा अघि नै महत्वपूर्ण सम्झौता गरिसक्नेमा एकमत देखिएका छन् ।

यहि डिसेम्बर अन्त्यसम्ममा बेलायतले ब्रेक्जिटबारे निर्णय गरिसक्नुपर्ने विश्व व्यापार संगठनको समयसीमा रहेकाले छलफललाई तीव्र पारिएको छ । लामो बहसपछि बेलायत जनवरीमा ब्रेक्जिटबाट बाहिरिएको थियो । तर विश्व व्यापार संगठनको कडाइका कारण ११ महिना नबित्दै बेलायतले फेरि पनि ब्रेक्टिज सहमतिबारे छलफल गर्न थालेको हो ।

छलफलमा दुवै देशमा आयात र निर्यात हुने सामग्रीको भन्सार तथा कर एवम् व्यापारीक सम्झौता गर्नेबारे छलफल भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);