पाल्पा, २२ कार्तिक । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका ७ रानीघाट स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर तानसेनका एक युवकको मृत्यु भएको छ ।
शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तानसेन नगरपालिका १ गैरागाउँका २१ वर्षीय विनित बस्यालको मृत्यु भएको हो ।
नदी देखि १५० मिटर पूर्वतर्फ रहेको पानीमा मृत अवस्थामा बस्याललाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा उनलाई बाहिर निकालिएको हो ।
बस्याल साथीसँगै रानीमहल घुम्नका लागि भन्दै घरबाट हिडेको बुझिएको छ ।