दशैं अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २ २०८३, बुधवार

दशैं अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

traffic jam

काठमाडौं, १३ कार्तिक । सवारी नियम उल्लंघन गर्ने चालक,सह-चालकलाई कारवाही गर्ने क्रममाट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिकप्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राम प्रसाद चौधरी, दिपक बहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेम बहादुर तामाङ, खडक बहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन । उनीहरूले ट्राफिक चेकजाँच क्रममासवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३००० रूपैयाँ दिन खोजेको महाशाखाले जनाएको छ ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरस: पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक-सह-चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्नलाई नियमानुसार कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने ट्राफिक प्रहरीहरूलाई तत्कालै सम्मानित गरिएको पनि महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताउनुभयो । 

उहाँलेसंगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गर्ने ट्राफिक प्रहरीहरुलाई प्रोत्साहन गरिएको बताउनुभयो ।

यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ७३ जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत महाशाखाले गरिसकेको छ ।

महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

Leave a Reply