काठमाडौँ, ११ असोज । भीमेश्वर नगरपालिका २ स्थित भीमेश्वरको मन्दिरमा रहेको भीमसेन शिलामा पसिना आएको छ ।
शिलामा दायाँ, बायाँ र बीचबाट एकैपटक पसिना आएको यो पहिलो पटक हो ।
शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ट हुने र बायाँबाट आउँदा जनतामा अनिष्ट हुने विश्वास रहिआएको छ ।
आजको राजधानीमा प्रकाशित ।




