सिंहदरबार गेट पासको लागि नागरिकहरू चर्को घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गर्न सांसद प्रकाश ज्वालाको माग | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

सिंहदरबार गेट पासको लागि नागरिकहरू चर्को घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गर्न सांसद प्रकाश ज्वालाको माग

२०८२,१,२४

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कुशासनको एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताएेउनुुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाले यस्तो बताउनुुभएको हो । उहाले मुलुकमा अनियमितता, बेथिति र कुशासन व्याप्त रहेको बताउँदै एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको उलेल्लख गर्नुुभयो । उहाले मन्त्री, सांसद र कर्मचारी प्रवेश गर्ने सिंहदरबारको दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण समेत गराउनुुभयो ।
उहाले मन्त्रालयहरू सिंहदरबारभित्र थुपारेर चारतर्फबाट पर्खाल र फलामे गेटले घेरेर जेलजस्तै बनाउने र जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिनुुभयो । उहाले गेट पासको लागि नागरिकहरू चर्को घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गर्न माग गर्नुभयो ।
उनले प्रधानमन्त्री र मन्त्रीको सम्पति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो रु भन्ने प्रश्न गर्दै तुरुन्त सम्पति विवरण सार्वजनिक गर्न माग गरे।

 

 

Leave a Reply