पत्रकारले ब्रह्मले देखेको कुरा स्वतन्त्रतापूर्वक लेख्न पाएका छन ः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

पत्रकारले ब्रह्मले देखेको कुरा स्वतन्त्रतापूर्वक लेख्न पाएका छन ः प्रधानमन्त्री ओली

२०८२,१,२४

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले ब्रह्मले देखेको कुरा स्वतन्त्रतापूर्वक लेख्न पाएको बताउनुुभएको छ । बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुुभएको हो । उहाँले आजको गोरखापत्रले स्वतन्त्रतापूर्वक पत्रकारिता गरिरहेको बताउनुुभयो ।
उहाले राजाको शासनमा राजाको जे इसारा भयो त्यस्तै लेख्नुपर्ने बाध्यता भएको आरोप लगाउनुुभयो। उहाले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै गोरखापत्रले पनि कसैको आदेश पालना गर्नुपर्ने अवस्थाबाट मुक्त भएको दावी गर्नुभयो । पहिलेको समयमा सम्पादकीय लेख्ने सम्पादकहरू नै सकसमा पर्ने गरेको भन्दै अहिले सरकारले कुनै किसिमको दबाब वा इसारा नगरेको उहाको तर्क छ । गोरखापत्रले राणा शासन, राजतन्त्रलगायत विभिन्न उतारचढाव भोग्दै आफूलाई विकास गर्दै अहिलेको अवस्थामा आइपुगेको उहाको भनाई छ ।

प्रधानमन्त्री ओलीले गोरखापत्रले मानक भाषाको रूपमा नेपाली भाषाको विकास गरेको समेत बताउनुुभयो ।

Leave a Reply