२०८२,१,२९
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भनी कामना गर्नुभएको छ । २५६९ औँ बुद्धजयन्तीको अवसरमा सोमबार शुभकामना सन्देश जारी गरी उहाले यस्तो बताउनुुभएको हो । बुद्धका मार्गदर्शनले सबैको दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना उहाले गर्नुभएको छ ।
‘उहाले अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– गौतम बुद्धका सन्देश भएको बताउनुुभयो । प्रधानमन्त्री ओलीले बुुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण भन्नुुभएको छ ।





