२०८२,१,२५
सरकारको नीति तथा कार्यक्रमले जनतामा आशा र उत्साह नदिएको नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बताउनुुभएको छ । बिहीवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाले सो कुरा बताउनुुभएको हो । सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा र उत्साह दिनुको सट्टा निराशामात्रै बाँडेको आरोप लागउनुुभयो । सांसद ज्वालाले नीति तथा कार्यक्रममा संविधान संशोधनबारे एकलाइनमात्र बोलिएकाले यो परम्परा धान्ने खालको मात्रै भएको तर्क गर्नुुभयो ।
उहाले सरकार साँच्चै संविधान संशोधनका लागि तयार हो भने संविधान कार्यान्वयनमा देखा परेका समस्याको पहिचान गरेर त्यसको समाधान खोज्नतर्फ लाग्न आग्रह गर्नुुभयो । उहाले राष्ट्रिय सहमतिका साथ जनमुखी र अग्रगामी एजेण्डा सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र राजनीतिक स्थिरता दिने शासकीय प्रणाली ल्याउनुपर्नेमा जोडदिनुुभयो ।




