विदेशबाट फर्केका ७७८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

विदेशबाट फर्केका ७७८ जनामा कोरोना संक्रमण

कपिलवस्तु,११ भदौ। अहिले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको कपिलवस्तुमा विदेशबाट फर्केकाहरुमा सबैभन्दा बढी कोराना संक्रमित भएका छन् । जिल्लामा भारत तथा अन्य मुलुकबाट फर्केका ७ सय ७८ जना कोरोना संक्रमित भएका हुन् ।

गत बैशाख २५ गते भारतको मुम्बईबाट फर्केका जिल्लाको मायादेबी गाउँपालिकका २ युवामा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । २ महिना सम्म बिदेशबाट फर्केकाहरुमा नै बढी संक्रमण देखिएको थियो ।तर साउन दोश्रो साताबाट भने समुदायस्तमा समेत कोरोना संक्रमण देखिएको हो ।

अग्रपक्तिमा काम गर्ने ४७ जना सुरक्षाकर्मी, ब्यापारी ४२ जना, बैकिङ संस्थाका ३३ जना, बिद्यार्थी ३० जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो। यस्तै सरकारी कर्मचारी २५ जना, स्वास्थ्यकर्मी २२ जना, शिक्षक १६ जना कोरोना संक्रमति भएका छन् । यसैगरी गुहणी १४, प्राईभेट मेडिकलका १२ जना, निजीस्तरबाट परीक्षण गराएका ११ जना, कृषक १० जनामा कोरोना संक्रमण देखिएको छ ।

पत्रकार र गैर सरकारी संस्थाका ६-६ जना, पुजारी र सामाजिक कार्यकर्ता तीन -तीन जना, राजनीतक दलका नेता र गाडी चालक दुई -दुई जना संक्रमित भएका छन् । अहिले सदमुकाम तौलिहवा, कृष्णनगरका समुदायस्तरमा कोरोना फैलिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);