काठमाडाैं,११ भदाै । पछिल्लो समय आरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १ सय निर्धारण गरिएको छ।बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरिएको थियो भने तेजावी सुनको मूल्य ९६ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १३४५ रहेको महासंघले जनाएको छ ।