उवासंघमा व्यवसायीक नेतृत्व आउनुपर्ने वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारहरूको भनाई | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

उवासंघमा व्यवसायीक नेतृत्व आउनुपर्ने वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारहरूको भनाई

काठमाडौं, ६ साउन । नेपाल उधाेग वाणिज्य महासंघमा व्यावसायीक र सक्षम नेतृत्व आउनु पर्नेमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारहरूको जोड रहेको छ । महासंघको साउन २६ र २७ गते महाधिवेशन हुँदै छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरू चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । वरिष्ठ उपाध्यक्षका लागि प्रत्यायसी दुबै उपाध्यक्षहरूले उद्योगी व्यवसायीका समस्या समाधान गर्न पहल गर्न सक्ने सक्षम व्यावसायीक नेतृत्व आउनु पर्नेमा जोड दिएका छन् ।

‘निर्वाचनबाट व्यावसायीक व्यक्ति नै नेतृत्वमा आउनुप¥यो र सानादेखि ठूला व्यवसायीको सवाल सरकारको सम्बन्धित निकायमा राख्न सकून्’, वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले भन्नुभयो, ‘व्यावसायीक गतिविधि बढाउन, रोजगारी सिर्जना गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्छ नेतृत्वले।’

वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार किशोर प्रधानले नेतृत्वले मौद्रिक नीतिमा उल्लेखित सुविधाहरूलाई तुरुन्तै कार्यान्वयन गर्नुपर्ने कार्यभार रहेको पनि बताउँनुभयो।

कोरोनाका कारण उद्योग व्यवसायमा पारेको असरलाई माथि उकास्न कम्मर कसेर लाग्ने वरिष्ठ उपाध्यक्ष पदका दुबै उम्मेदवारको धारणा छ।

ताजा समाचार