इराक र खाडी सहयोग परिषद्बीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

इराक र खाडी सहयोग परिषद्बीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल

इराकी विदेशमन्त्री फुअद हुसेन र खाडी सहयोग परिषद् (जिसीसी) का महासचिव जसिम मोहम्मद अलुदैवीबीच बग्दादमा भेटवार्ता भएको छ । मंगलवार भएको उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्ध र आपसी सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ । इराकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार विदेशमन्त्री हुसेनले यस भ्रमणले इराक र खाडी मुलुकका जनताको साझा हितका लागि कुटनीतिक सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जिसीसी सदस्य राष्ट्रहरूसँग बलियो र सन्तुलित सम्बन्ध कायम राख्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न इराक सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । भेटका क्रममा जिसीसीका महासचिव अलुदैवीले इराकको स्थिरता र पुनर्निर्माणका लागि परिषद्का सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेको जानकारी दिनुभयो । उहाँले इराकको विकास र क्षेत्रीय सहयोग अभिवृद्धिका लागि जिसीसीका सदस्य राष्ट्रहरूले सहकार्यलाई थप प्रभावकारी बनाउन चाहेको सन्देश समेत प्रवाह गर्नुभएको थियो । महासचिव अलुदैवीले इराकको स्थिरताका लागि परिषद्ले निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत दोहो¥याउनु भयो ।

Leave a Reply