दार्चुलामा पहिराेले घर पुरिँदा दुई जनाको मृत्यु, तीन जना घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

दार्चुलामा पहिराेले घर पुरिँदा दुई जनाको मृत्यु, तीन जना घाइते

palpa pahiro

काठमाडाैं, ६ साउन ।  दार्चुलामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

जिल्लाकाे मालिकार्जुन गाउँपालिका–८ को शङ्करपुरमा घर माथिबाट खसेको पहिरोले घर पुरिँदा लेकम गाउँपालिका–५ घर भएका करिब २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको हो। मृतकद्धय दाजुभाइ रहेको खुलेको छ।

प्रहरीले मृतकहरूको शव घरभित्रबाट निकालेको जनाएको छ। घर पुरिँदा ३५ वर्षीया लक्ष्मी ढोली, १४ वर्षीया छोरी सोनिया र नौं वर्षीय छोरा शुभम घाइते भएका छन्।

उनीहरूको प्रहरी र स्थानीयले उद्दार गरेका हुन्। शङ्करपुर स्वास्थ्य चौकीमा उनीहरूको उपचार भइरहेको छ। तर, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्जको कोहलपुर वा भेरी अञ्चल अस्पतालमा हेलिकोप्टरबाट पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले इमाउन्टेन टिभी डटकमसँग बताउनुभयो।

पहिरो बिहान ३ बजेतिर गएको बताइएको छ। (फाइल तस्बिर)