पछिल्लो छ घण्टा उपत्यकामा भारी वर्षा मापन, नदी नालामा बहाव बढ्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पछिल्लो छ घण्टा उपत्यकामा भारी वर्षा मापन, नदी नालामा बहाव बढ्ने

काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकाको धेरै स्थानमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले भारी वर्षापछि उपत्यका हुँदै बहने नदीनालाहरूमा बहाव बढ्ने जनाएको छ।

केन्द्रका अनुसार मनोहरा, हुनमन्ते, नख्खुलगायत ललितपुर र भक्तपुर भई बहने प्राय सबै नदीमा बहाव खतरा आसपास छ।

‘नदी र नालाको पानी सडक र बस्ती सम्म आउँन सक्छ’, केन्द्रले बिहान १० बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बेलुकासम्मै उच्च सतर्क रहाैं।’

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको अधिकाँश स्थानमा भारी वर्षा मापन गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);