बंगालको खाडीको ‘मोन्था चक्रवात’ दुई दिनभित्र नेपाल प्रवेश गर्दै,यी ठाउँमा बाढीको जोखिम | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

बंगालको खाडीको ‘मोन्था चक्रवात’ दुई दिनभित्र नेपाल प्रवेश गर्दै,यी ठाउँमा बाढीको जोखिम

काठमाडौ ।
बंगाललको खाडीमा विकसित भएको मोन्था नामक सामुद्रिक चक्रवात आगामी दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। चक्रवातको प्रभावले विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ।विभागले आज मोन्था चक्रवातको प्रभावबारे जानकारी दिन जारी गरेको विशेष बुलेटिनमा नेपालमा मोन्था चक्रवातको प्रभाव तीन दिन रहने उल्लेख गरेको छ ।

विभागका अनुसार उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू(भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको छ । चक्रवातले नेपालको मधेश र कोशीमा भारी वर्षा गराउने सम्भावना भएकाले नदीहरुमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

विभागका अनुसार हालको विश्लेषण अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स९साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।

विशेषगरि बागमती प्रदेशका काठमाडौंउपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।

संभावित मौसमी प्रणाली र यसको प्रभाव क्षेत्रका सम्बन्धमा विभागले नियमित अनुगमन र विश्लेषण गरिरहेको छ ।सम्भावित वर्षा र हिमपातको कारणले नदीनालाहरुमा आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायत क्षेत्रहरूमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले सम्बन्धित सबै निकायहरू र आमसर्वसाधारणलाई यस विभागवाट वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा ९११५५० तथा लगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Leave a Reply

ताजा समाचार