एक साताका लागि हिमाल आरोहण बन्द गर्न मौसम विभागको अनुरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एक साताका लागि हिमाल आरोहण बन्द गर्न मौसम विभागको अनुरोध

SAGARMATHA

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ । विभागले हाल पूर्वीमध्ये अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते मा विकसित हुने क्रममा चक्रवातलाई कारण देखाउँदै विभागले उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न र नगराउन अनुरोध गरेको छ ।

विभागका अनुसार सो चत्रवात हाल उत्तर उत्तर–पश्चिम तिर बढ्ने क्रममा रहेको छ । नेपालमा उक्त चक्रवातको प्रत्यक्ष प्रभाव नपरेपनि केही असर नेपालका भूभागमा पनि पर्ने सम्भावना रहेको छ ।

साथै चक्रवातको प्रभावको कारण मौसम बदली हुने र हिमपात हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै कम्तीमा एक साता आरोहण रोक्न पर्यटन मन्त्रालयलाई सुझाव दिइएको विभागले जनाएको छ ।

विभागका अनुसार मंगलबारबाट देशका धेरै स्थानहरुमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ । साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मेघगर्जन÷चट्याङ÷हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यसपटकको चक्रवातको नाम ‘ताउ–ते’ राखिएको छ । म्यानमारको भाषाको यसको अर्थ ‘माउसुली’ भन्ने हुन्छ ।

सो चक्रवात हाल एक सय ५० देखि एक सय ७५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढीरहेको छ । चक्रवातको सम्भावित क्षतिलाई कम गर्न भारतमा उच्च सतर्कता अपनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);