पूर्वी नवलपरासीमा असारे विकासले तिब्रता पायाे | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

पूर्वी नवलपरासीमा असारे विकासले तिब्रता पायाे

नवलपरासी, ३१ असार । पूर्वी नवलपरासीमा यतिबेला असारे विकासले तिब्रता पाएको छ । जिल्लाका अधिकाँस स्थानीय तहहरुमा सडक  लगायत अन्य भौतिक संरचना निर्माणका काम धमाधम भईरहेका छन् । स्थानीय निकायले लकडाउनका कारण विकास निर्माणका काममा अवरोध भएकाकारण आर्थिक बर्षको अन्तिम समयमा पनि विकास निर्माणलाई तिब्रता दिन बाध्य भएको जनाएका छन् ।

लकडाउन खकुलोे भएपछि बर्दघाट सुस्ता पूर्वी नवलपरासी जिल्लाका स्थानीय तहमा सडक निर्माणका कामहरु धमाधम भइरेका छन् । लकडाउनका कारण रोकिएका विकास निर्माणका कामहरु अघि बढाउन भन्दै स्थानीय जनप्रतिनिधीहरु धमाधम लागिपरेका हुन् ।

जिल्लामा रहेका आठवटा स्थानीय निकायले भौतिक निर्माण तथा सडकको काम सुरु गरेका छन् ।स्थानीय तहहरुले कार्यपालिकाको बैठक बसेर समयमै सबै योजनाहरु सक्ने गरी काम गरीरहेका छन् । समयमै काम सम्पन्न गरेर बजेट फर्छोट गर्नुपर्ने भएकाले विकास निर्माणका कामहरु तिब्र रुपमा गरिएको मध्यबिन्दु नगरपालिका १० का वडाध्यक्ष चुराबहादुर थापाले बताउनुभयो ।

वडाका बिभिन्न ठाउँमा सडक कालोपत्रे, ढलान ३५ लाखको लागतमा आरुङखोला खानेपानीको डिपबोरिङ जेनेरेटर र भवननिर्माण सम्पन्न र रातामाटा,क्षेत्री टाडीमा गरी ५ वटा कल्भट निर्माण सम्पन्न र ३० लाखको योजनामा   झयाटुङडाडा खानेपानी आयोजना निर्माणाधिन रहेका छन् । वडा नं १२ मा पनि विभिन्न विकास निर्माणका कामहरुले तिब्रता पाएका छन् ।

नेपालमा आर्थिक बर्षको अन्त्यमा आएर विकास निर्माणले तिब्रता पाउने प्रक्रिया बषैाँदेखि चलिरहेको छ । यसरी गरिएका विकास निर्माणका कामहरु गुणस्तरहिन भएका उदाहरणहरु पनि प्रशस्तै छन् । भ्रष्टाचारलाई समेत प्रोत्साहन गरिरहेको असारे विकासलाई निरुत्साहन गर्ने योजना अहिलेको आवश्यकता हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);