सशस्त्रका एसएसपी अधिकारी बलात्कार अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सशस्त्रका एसएसपी अधिकारी बलात्कार अभियोगमा पक्राउ

arrest

काठमाडौं, ३१ असार । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखराका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बलात्कार अभियोगमा पक्राउ परेका छन्।

उनलाई तालिम केन्द्र क्षेत्रबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले जानकारी दिनुभयो।

‘पीडित भनिएकी महिलाबाट मौखिक रूपमा हामीलाई सूचना आयो, त्यसपछि हाम्रो टोली घटनास्थल पुग्यो’, एसपी श्रेष्ठले इमाउन्टेन टिभी डटकमसँग भन्नुभयो, ‘तालिम केन्द्रबाटै नियन्त्रणमा लियौं, अब थप अनुसन्धान गर्छौं।’

प्रहरीले मुलुकी फौजदारी अपराध संहिता बमोजिम जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थाल्ने भएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);